दफा २२२
फाँटबारी लिई अंशबण्डा गरी दिनु पर्ने

(१) दफा २२० बमोजिम परेको नालिस वा प्रतिउत्तरबाट अंशबण्डा गरिदिनु पर्ने देखिन आएमा र नालिस वा प्रतिउत्तरसाथसम्पत्तिको फाँटवारी पेश भएकोमा अदालतले अंशबण्डा गर्नु पर्ने सम्पत्ति यत्ती हो, लुकाए छिपाएको छैन भन्नेव्यहोरा समेत उल्लेख गरी अंशियारहरूको कागज गराई अंशबण्डा गरिदिनु पर्नेछ ।
(२) नालिस वा प्रतिउत्तर साथ सम्पत्तिको फाँटवारी पेश नभएमा अदालतले म्याद तोकी अंशियारहरूसँग सम्पत्तिको फाँटवारीमाग गर्नु पर्नेछ र त्यसरी तोकिएको म्यादभित्र अंशियारले सम्पत्तिको फाँटवारी पेश गरेमा उपदफा (१) बमोजिमअंशियारहरूको कागज गराई अंशबण्डा गरिदिनु पर्नेछ ।